Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कार्तिक पुर्णिमा जनकपुरमा स्नान गर्नेहरुको घुइचो

कार्तिक पुर्णिमा जनकपुरमा स्नान गर्नेहरुको घुइचो

कार्तिक पुर्णिमा जनकपुरमा स्नान गर्नेहरुको घुइचो लागेको थियो ।

कार्तिक पुर्णिमका दिनमा स्नान गर्दा निकै धार्मिक पुण्य प्राप्त हुने भएको कारणले जनकपुरको गंगा सागर सहितको सरोवरहरुमा स्नान गर्नेहरुको भडि लागेको हो । स्नान गरेर पुजापाठ गर्ने र कार्तिकको विशेष कथा सुन्ने चलन रहेको छ । जनकपुरमा प्रत्येक पुर्णिमा श्रद्धालुहरुको घुइँचो लाग्ने गर्छ । जनकपुरमा कार्तिक पुर्णिमा स्नान गर्नेको विशेष महत्व रहेको कारणले यहा श्रद्धालुहरु आउने गरेका छन ।
महाभारत कालमा भएको १८ दिनसम्मको भिषण युद्धपछि युद्ध विजेता युधिष्ठिरले प्रश्चातापको लागि आजकै दिन जनकपुरमा आई गंगा स्नान र यज्ञ गरेका थिए भन्ने किंवदन्ति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *