Saturday, January 18, 2025
Home > मुख्य समाचार > कारागारभित्रै आयआर्जन गर्दै कैदीबन्दी

कारागारभित्रै आयआर्जन गर्दै कैदीबन्दी

सुनसरी । चार कुना ठूलो पर्खाल र प्रहरीको कडा सुरक्षाभित्र भेटिन्छन् झुम्का कारागारमा अहिले आपराधिक कसुरमा सजाय पाएका कुल १ हजार ७ सय २० कैदीबन्दी । जीवनको यात्रामा बाटो बिराएर अहिले झुम्का कारागारमा कैदीबन्दीको रुपमा जीवन व्यतीत गरिरहेका छन् उनीहरु ।

झापा–१० काँकडभिट्टा मेचीनगर नगरपालीकाका सार्की तामाङ कुनै बेला गरेको सानो गल्तीले अहिले पछुताइरहेको र फेरि पनि त्यस्तो गल्ती कहिल्यै नदोहोर्याउने बताउँछन् । लागूऔषध किनबेच कसुरमा बिगत २५ वर्षदेखि कारागार जिवन बिताउँदै आएका तामाङ चुरोट सुरु गरेको मान्छे लागूऔषध प्रयोगकर्ता बन्न सक्ने हुँदा नसाजन्य सामग्री नखान अनुरोध गर्छन् । विगतका गल्ती र अपराध आफ्नो जिवन वर्वाद भएको कैदीवन्दीको पिडा छ । विगतमा गरेका गल्ती र अपराध भुल्न र मनलाई शान्ति दिलाउन कठिन भएको उनीहरु बताउँछन् । पैसा कमाएर घर परिवारलाई पाल्ने ठूलो सपना भए पनि सानो गल्तीले कैदी जीवन बिताउन बाध्य भएको उनीहरुको भनाइ छ ।

त्यस्तै लागुऔषध कारोवारमा जेल सजाय भोग्दै आएका धरानका रामकुमार वुढाथाकी अब आफ्नो जीवनलाई समाजसेवामा लगाउने बताउँछन् । कारागारबाट मुक्त भएकै भोलिपल्टदेखि युवा युवतीलाई लागुऔषध सेवन गर्दा हुने हानी र सजायको बिषयमा जनाकारी गराउँदै त्यस्तो कुलतबाट जोगाउने बताउँछन् ।  क्षमताअनुसारको सीप सिकेर अहिले कारागारभित्र कमाइ गरिरहेका कैदीबन्दीलाई कैद भुक्तानीभन्दा पनि कारखानामा काम गर्न आएजस्तो भएको छ । जेलजीवन बिताइरहेका दर्जनौं कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ पनि गरीरहेका छन । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरुभित्र जागेको सकारात्मक सोचलाई समाहित गरेर राज्यले समाजमा स्थापित गर्न सके उनीहरुको जीवनले सार्थकता पाउने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *