Saturday, January 18, 2025
Home > मुख्य समाचार > कानेपोखरीका जनप्रतिनिधिलाई प्रहरीको पक्राउ पुर्जी

कानेपोखरीका जनप्रतिनिधिलाई प्रहरीको पक्राउ पुर्जी

मोरङ, २८ पुष । स्थानीय चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीमा संलग्न भएको आरोपमा मोरङको कानेपोखरी ५ का वडाध्यक्ष चरणसिंह गुरुङलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

मोरङ प्रहरीले उनको नाममा शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पुर्जी जारी गरेसँगै वडाध्यक्ष गुरुङ भूमिगत भएका छन् । कानेपोखरी ५ का अध्यक्ष पूर्व एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । कानेपोखरी–५ र बेलबारी ८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकाबाट स्थानीय चिसाङ खोलाबाट ढुंगा, गिटी, र बालुवा निकासीमा अवैध चन्दा असुल गरी गुरुङको संलग्नता देखिएपछि प्रहरीले पूर्जी जारी गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले ५ दिन अघि सोही ठाउँमा चन्दा असुल गर्ने कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो । गुरुङले कानेपोखरी–५ का चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ भन्दै रसिद बनाएर ट्याक्टर र ट्रिपरबाट पैसा असुल गर्न पत्रै दिएका थिए । गुरुङले प्रति ट्रिपर चन्दा स्वरुप १ सय रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिनुपर्ने क्रसर उद्योगी र सर्वसाधरणसँग सहमति गराएका थिए । गुरुङ आफैं क्रसर व्यवसायी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *