Saturday, January 18, 2025
Home > मुख्य समाचार > कानुन विपरीत श्रमिकका रुपमा प्रयोग गरिएका ६ बालकको उद्धार

कानुन विपरीत श्रमिकका रुपमा प्रयोग गरिएका ६ बालकको उद्धार

मोरङ, २ माघ । कानुन विपरीत बालश्रमिककारुपमा प्रयोग गरिएका ६ जना बालकलाई मोरङ प्रहरीले उद्धार गरेको छ ।

प्रहरीले उनिहरुलाई मोरङको कटहरी गांउपालिका ५ स्थित कृष्णप्रणाम इट्टा भट्टाबाट उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र बालबालिकाको क्षेत्रमा कामगर्ने सिबिनका पदाधिकारी सहितको टोली आज सो ठांउ पुग्दा १६ बर्ष मुनिका धेरै बालबालिका कांचो इट्टा बनाउने र लोडगर्ने काममा खटिएको भेटिएका थिए । प्रहरीले सो ठांउबाट १ नेपाली सहित ५ जना भारतीय बालकहरुलाई उद्धार गरेको छ । उद्धार गरिएका बालकहरुमा कटहरी गांउपालिका वडानम्बर ६ का १३ बर्षिय मोहन सरदार, भारत बंगालका १६ बर्षिय रुबेल मियां, १६ बर्षिय कासन कुमार विश्वास, १४ बर्षिय राजकुमार विश्वास र सोहि उमेरका काउछर आलम तथा भारत बंगालकै ११ बर्षिय रुबेल मियां रहेका छन । प्रहरीले बालकहरुको उद्धारसंगै इट्टा उद्योगका संचालक फणिन्द्रबहादुर ढकाललाई समेत नियन्त्रणमा लिएको छ । उद्धार गरिएका बालकहरुलाई संरक्षणका लागि विराटनगरस्थित पुर्वाञ्चल बाल आश्रममा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका ढकाललाई भने थप कारवाहीका लागि श्रम कार्यालयको जिम्मा लगाइने एसपी केसीले बताउनुभयो ।

प्रहरीको उद्धार टोली सो इट्टा उद्योगमा पुग्दा इट्टा भट्टाका कर्मचारी र बालश्रमिककारुपमा प्रयोग गरिएका बालबालिका स्वयंका अभिभावकहरुले उद्योग परिसरमा रहेको अस्थाई आवास गृहहरुमा धेरैलाई लुकाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *