Saturday, January 18, 2025
Home > मुख्य समाचार > काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु

काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु

काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ ।

आज बिहान खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर विरोधको अभियान अभियान सुरु गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता ,कलाकार, स्थानीय नागरिक, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । भुकम्प पछि अस्थाई रुपमा प्रयोग गर्ने गरि खुलामंचको केहि भाग विभिन्न संघ संस्थालाई दिइएकोमा अहिले स्थाई प्रकृतिका संरचना बन्न थाले पछि बिरोध हुदै आएको छ । यसरी खुलामंच अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले आजबाट अभियान सुरु गरिएको बताएका छन् । अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, अर्का सांसद गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा लगायतकाको सहभागिता रहेको थियो । खुलामंचलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार यस्तो कार्यक्रम संचालन गर्ने पनि बताइएको छ । खुलामंचमा बीर अस्पतालको स्टोररुम देखि निर्माण सामग्री राख्ने गाडी पार्किङ्ग गर्ने गरिएको छ । यस्तै पुरानो बसपार्कमा भ्युटावर बनाउने भए पछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामंचमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *