Saturday, January 18, 2025
Home > मुख्य समाचार > कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक पनि प्रभावित

कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक पनि प्रभावित

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ ।

प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडाध्यक्षलाई मुद्धा चलाउन नपाईने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन् । बाँके घनालाई लिएर खजुरा गाँउपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसंगै कांग्रेस संसद संचालन गर्न सहमत भएको थियो । कांग्रेसले दोषीलाई कारवाहीको प्रतिवद्धता सरकारबाट मागिरहेका बेला सहमति विपरित सत्तापक्षकै सांसदले घटनाको बारेमा भिन्न दाबी प्रस्तुत गर्दे आफुहरुले पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि सहमति भांडिएको छ । बांके घटनालाई लिएर खजुरा गाउपालिका वडानम्बर १ का अध्यक्षलाई मुद्धा लगाउन नपाउने भन्दै सत्तारुढ दल नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले विरोध जनाए लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेस सांसदहरु उभिईरहेकै समयमा सांसद रोकाले बांके घटनामा नेपाली कांग्रेसकै कार्यकर्ता जिम्मेवार भएको जिकिर गर्दे वडाअध्यक्षलाई मुद्धा चलाए आफुहरु पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि बैठकको वातावरण अस्वभाविक बनेको हो । सांसद रोकाको अभिव्यक्ति पछि नेपाली कांग्रेसका सांसदहरुले बोल्न समय मागेका थिए । तर सभामुखले समय नदिएपछि उनीहरुले वेल घेराउ गरि नाराबाजी गरेका हुन् ।

नाराबाजी जारी रहेपछि आगामी असोज १ गते विहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *