Saturday, January 18, 2025
Home > मुख्य समाचार > कर्मचारी समायोजन भएर जाने कर्मचारीलाई अतिरिक्त सुविधा दिइने

कर्मचारी समायोजन भएर जाने कर्मचारीलाई अतिरिक्त सुविधा दिइने

ललितपुर, २३ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने घोषणा गर्नु भएको छ ।

मन्त्री पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीहरुलाई थप सुविधा हुने व्यवस्थासहितको संघीय निजामती सेवा ऐन संघीय संसदमा पेश गरिएको पनि स्पष्ट पार्नु भयो । उहाँले अहिले स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीहरुलाई बढुवा भएर संघीय सरकार मातहत ल्याउने बाटो खुला रहेको पनि बताउनु भयो । आज ललितपुरमा नवनियुक्त राजपत्रांकित तृतिय श्रेणीका अधिकृतहरुका लागि आयोजित आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समापन गर्दै मन्त्री पण्डितले कुनै पनि तहका कर्मचारीहरुको वृत्ति विकास नरोकिने पनि दोहो¥याउनु भयो । मन्त्री पण्डितले जनताको पीडालाई सम्बोधन हुने गरी सेवा प्रवाहको कामलाई अघि बढाउन पनि नवनियुक्त राजपत्रांकित तृतिय श्रेणीका अधिकृतहरुलाई आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *