काठमाडौं, २५ पुष । नेपाल चिकित्सक संघले ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन सरकारसँग माग गरेको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले कर्मचारी समायोजन अध्यादेश सरकारले तत्काल नसच्याए प्रतिकारमा उत्र्ने चेतावनी पनि दिनुभयो । विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कर्मचारी समायोजन अध्यादेश चिकित्सकहरुको हित र संविधान÷कानुनसम्मत नभएको दावी समेत गर्नु भयो । आन्दोलनरत सरकारी चिकित्सकहरुले आफूहरुको सेवा, सुविधा र वृत्ति विकासमा समेत प्रतिकूल असर हुनेगरी आएको भन्दै सो अध्यादेश सच्याउन सरकारलाई दवाव दिईरहेका छन ।