Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कर्मचारी समायोजन अध्यादेश २०७५ राष्ट्रियसभाबाट पनि स्वीकृत

कर्मचारी समायोजन अध्यादेश २०७५ राष्ट्रियसभाबाट पनि स्वीकृत

काठमाडौं, २० पुष । राष्ट्रियसभाले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रस्तुत गर्नुभएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो । प्रतिनिधिसभाले यसअघि नै यस अध्यादेशलाई स्वीकृत गरिसकेको छ । सरकारले अब संघीय संसदको अधिवेशन सुरु भएको मितिले ६० दिन भित्र यस अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिस्थापन विधेयक ल्याउनुपर्ने हुन्छ । पुस ११ गते संघीय संसदको तेश्रो अधिवेशनको पहिलो बैठक बसेकाले पहिलो बैठक बसेको मितिले ६० दिन भित्र संघीय संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक पास गरिसक्नुपर्ने छ । यस्तै आजको बैठकमा सरकारले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण )विधेयक २०७५ पेश गरेको छ । राष्ट्रियसभाको अर्को बैठक पुस २५ गते बुधबार बिहान ११ बजे बोलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *