Saturday, January 18, 2025
Home > मुख्य समाचार > करोडौँको लगानीमा निर्माण गरिएको कोल्डस्टोर सञ्चालनमा नआउँदा उपभोक्तालाई सास्ती

करोडौँको लगानीमा निर्माण गरिएको कोल्डस्टोर सञ्चालनमा नआउँदा उपभोक्तालाई सास्ती

इलाम । इलाममा करोडौँको लगानीमा निर्माण गरिएको कोल्डस्टोर सञ्चालनमा आउन नसक्दा जिल्लाका उपभोक्तालाई सास्ती भएको छ । निर्माण सम्पन्न भएको आठ वर्ष बितिसक्दा पनि कोल्डस्टोर सञ्चालनमा नआएपछि इलामवासीले बेमौसमी तरकारी र फलफूल उपभोग गर्न पाएका छैनन् ।

इलाम सदरमुकाममा शित भण्डार निर्माण सम्पन्न भएको ८ वर्ष वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । भारतीय दूतावासको सहयोगमा ६ करोड रुपैया“ खर्चेर शितभण्डार बनाइएको भएपनि लामो समयसम्म सञ्चालन नहु“दा नगरपालिकालाई आर्थिक भार बढ्दै गएको छ । इलाम नगरपालिका ९ शेरामा बनेको शितभण्डारमा जडान गरिएका महंगा र महत्वपूर्ण उपकरण प्रयोग नै नगरी बिग्रने अवस्थामा पुगेका छन् । दुई हजार मेट्रिक टन क्षमता भएको कोल्डस्टोर सञ्चालनमा नआउ“दा यहा“ उत्पादन हुने किवी, आलु टमटर सहितका फलफूल, साग सब्जी लगायतले उचित बजार पाउन सकेको छैन । यहाँ सवैभन्दा वढि उत्पादन हुने अदुवा, आलु लगायत कृषिजन्य वस्तु शितभण्डारमा राख्न नपाउँदा समस्या भएको स्थानीय ब्यापारीले गुनासो गरेका छन ।

दुईपटक उद्घाटन गरि बनाइएको शितभण्डार सञ्चालन नहुँदा निर्माण सकिए यता विद्युत उपभोगको रकम, नियमित मर्मतसम्भार र १ कर्मचारीको खर्च नगरपालिकाले व्यहोर्नु परिरहेको छ । नगरपालिकाले पटक पटक ठेक्का खुलाउँदा पनि संचालनको लागि अहिले सम्म केही नआएको नगरपालिकाको भनाई छ ।

इलाम नगरपालिकाले कर्मचारी वापत मासिक १५ हजार रुपैया“ विजुलीको विलवापत वार्षिक ६ लाख हाराहारीमा र बार्षिकरुपमा शितभण्डारलाई चुस्त राख्न लाखौ रुपैया“समेत नियमित खर्च भइरहेको कार्यालयको तथ्याङमा उल्लेख छ । जिल्लाको पहिलो शितभण्डारको अभ्यास भएकाले पनि धेरैले सञ्चालनको आ“ट गर्नसकेका छैनन् । जिल्लामा अझै पनि सागसब्जी तथा फलफूल बेमौसममा विक्री गर्न कृषकले सकेका छैनन् । स्कुस, का“क्रा, फर्सी, रायो साग जस्ता तत्काल बिक्रि गर्न वजार पुर्याउनु पर्ने बाध्यता कहिले हट्ला भन्ने सबै कृषकको चासोको बिषय बन्न पुगेको छ । शीत भण्डारलाई चाँडो सञ्चालन गर्नका लागि सम्बन्धीत निकाय ठोस कार्यायोजना ल्याउन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *