Saturday, January 18, 2025
Home > मुख्य समाचार > कमल पोखरी पुगेर राष्ट्रपतिले गरिन् छठीमाताको पूजा

कमल पोखरी पुगेर राष्ट्रपतिले गरिन् छठीमाताको पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गर्नु भएको हो । त्यस अवसरमा उहाँले कमलपोखरी छठ पर्व आयोजक समितिमा रहेर उल्लेख्य योगदान पुर्याएर नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गर्र्नु भएको थियो । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गर्नु भएको छ । त्यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतको पनि उपस्थिति रहेको थियो । काठमाडौंको कमल पोखरीमा विगत नौं वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ । यसै अवसर पारेर सर्वसाधारणले पनि कमल पोखरीमा शनिबार छठ पर्वको मुख्य दिन सूर्यको आराधना, उपासना र पूजा गरी हर्षोउल्लासका साथ मनाइरहेका छन । छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्लाहरुमा विशेष गरी रौनकताका साथ मनाईन्छ । छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोली उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न गरिन्छ । छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *