Saturday, January 18, 2025
Home > मुख्य समाचार > कटहरीको क्वालिटी केम उद्योगले गाउँपालिकाको निर्देशन मानेन, हानिकारक रसायन खोलामा मिसाउँदै

कटहरीको क्वालिटी केम उद्योगले गाउँपालिकाको निर्देशन मानेन, हानिकारक रसायन खोलामा मिसाउँदै

मोरङ । स्थानिय लोहन्द्रा खोलमा हानिकारक रसायनयुक्त पानी नमिसाउसन गांउपालिकाले दिएको निर्देशनलाई क्वालिटी केम उद्योगले अटेर गरेको छ । कटहरीको सो उद्योगले गांउपालिकाको निर्देशनलाई अटेर गर्दै खोलामा प्रदुषण मिसाउन छाडेको छैन ।

कटहरी गांउपालिकामा रहेको क्वालिटि केमले उद्योगबाट बिर्सजन हुने हानीकारक रसायनयुक्त पानी लोहन्द्रा खोलामा मिसाउने कार्यलाई निरन्तरता दिएको छ । साबुन, डिटर्जेन्ट पाउडर र बनस्पति घ्यू उत्पादन गर्दै आएको सो उद्योगले उद्योगबाट बिर्सजित बिषाक्त पानी सिधै खोलामा मिसाउँदै गरेको प्रमाणसहित मकालु टेलिभिजनले जेठ २ गते रिपोर्ट प्रशारण गरेको थियो । सो बिषयमा जानकारी पाएको गांउपलिकाको टोलीले सोहिदिन अनुगमन गरेको थियो । गांउपालिका प्रमुख रामकुमार कामत, उपप्रमुख मञ्जिता सरदार र प्रमुख प्रशासकिय अधिकृत गणेशबहादुर कार्कीले उद्योग परिसर र प्रदुषण मिसाउदै गरेको स्थानसम्म पुगेर अनुगमन गर्नुभएको थियो । अनुगमनको क्रममा रसायनयुक्त पानी सिधै खोलामा मिसाएको देखेपछि गांउपालिका प्रमुख कामतले मिसाउने कार्य तत्काल रोक्न उद्योग प्रशासनलाई निर्देशन दिनुभएको थियो । तर गांउपालिकाको सो निर्देशनलाई उद्योगले अटेर गरेको छ । मंगलबार सांझ मकालु टेलिभिजनको सम्बाददाता त्यस ठांउमा पुग्दा उद्योगले अन्डरग्राउण्ड नाला मार्फत निरन्तर पानी मिसाउदै गरेको फेला पारेको थियो ।
हानिकार रसायनयुक्त पानी सिधै खोलामा मिसाउदा उद्योगकै छेउमा रहेको फुलटोल मधुराका ग्रामिणले भारी क्षति बेहोर्नुपरेको छ । त्यस ठांउका मानिसहरु चर्मरोगको शिकार भएका छन,उनिहरुका बस्तुभाउ मरेका छन भने बालीनालीमा समेत क्षति पुगेको छ । स्थानिय किसान रामचरण सिंहले खोलाको पानी पटाएकै कारण ४ कट्ठामा लगाएको काउली तथा ५ कट्ठामा लगाएको टमाटर नष्ट भएको गुनासो गर्नुभयो । उहांले खोलाको पानी पटाउँदा आफुले एकलाख बढीको घाटा बेहोर्नुपरेको पीडा ब्यक्त गर्नुभयो ।

फुल लाग्न थालेको काउली खेतमै सुकेपछि रामचरणले ती कोबीहरु यतिखेर गाइबस्तुलाई खुवाइरहेका छन । रामचरणजस्तै गांउका अन्य कयौं किसानको खेतबालीमा क्षति पुगेको छ । उता खोलामा प्रदुषण मिसाउने कार्य नरोकिएको र कार्वाही प्रक्रियामा भएको ढिलाईका बिषयमा प्रतिक्रिया दिनुहुंदै गांउपालिका प्रमुख कामतले उद्योगी र पीडित पक्ष एकै ठांउमा भेला गराउन नसकिएका कारण समस्या भएको जानकारी दिनुभयो । आउदो आइतबार त्यसबिषयमा छलफल गरिने उहांको भनाई छ ।

बिषाक्त खोलाको पानीका कारण सर्वसाधारण ग्रामिणले स्वास्थ्यय र आर्थिक समस्या झेल्नुका साथै सिंगो पर्यावरण समेत प्रभावित भएको छ । तसर्थ खोलामा रसायन मिसाउने कार्य तत्काल रोकेर पीडित पक्षलाई क्षतिपुर्तिको ब्यवस्था गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *