Saturday, November 23, 2024
Home > खेलकुद समाचार > एभिसी महिला भलिबल च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानसँग खेल्दै

एभिसी महिला भलिबल च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानसँग खेल्दै

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज बलियो टिम कीर्गिस्तानसँग खेल्दैछ ।

ढाकामा जारी प्रतियोगिताको पहिलो खेलमा जित निकालेको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्वन्दीको सामना गर्न लागेको हो । नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार अहिले १२ः४५ मा सुरु हुनेछ । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले कीर्गिस्तानलाई हराउँदै लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न निकै मेहेनत गर्नु पर्नेछ । किर्गीस्तान पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा किर्गीस्तान माल्दिभ्ससँग पराजित भएको थियो । किर्गीस्तानपछि नेपालले मंगलबार आयोजक बंगलादेश र अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *