Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

अध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दर्ता गराउनुभएको छ । आचार्य र पन्तले नेतृत्व गरेका दुई समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । अध्यक्षमा उम्मेदवारी दिनुभएका आचार्य लोकतान्त्रिक पक्षसँग निकट हुनुहुन्छ भने पन्त प्रगतिशिल समूहसँग आवद्ध हुनुहुन्छ । मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिला गरी सुरु भएको हो । अध्यक्षलगायतका महत्वपूर्ण पदमा सहमतिको प्रयास भए पनि त्यो राति अबेरसम्म सहमति नभएपछि मतदान सुरु भएको हो । मतदान सम्पन्न भएको एक घन्टाभित्र मत परिणाम घोषणा हुनेछ । अध्यक्ष, पाँचजना उपाध्यक्ष, महासचिव, दुईजना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ । २ हजार ८ सय प्रतिनिधि भए पनि मतदाता सूचीमा २ हजार ४ सय भएकाले सूचीमा समेटिएकाले मात्र मतदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *