Saturday, January 18, 2025
Home > आर्थिक समाचार > एडिबि र नेपाल सरकारबीच चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोगसम्बन्धी सम्झौता

एडिबि र नेपाल सरकारबीच चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोगसम्बन्धी सम्झौता

एसियाली विकास बैंक (एडिबि) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ ।

सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि एडिबिसँग सम्झौतामा हस्ताक्षर गरेको हो । ऋण सहयोग सम्बन्धी उक्त सम्झौतामा आज एक कार्यक्रम गरी सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडिबिका देशिय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा एडिबिका देशिय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नती गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदीमा बाढी व्यवस्थापन तथा नदीको सुधारका लागि ६ कारेड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५÷५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताउनुभयो । कार्यक्रममा अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतीका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताउनुभयो । त्यसमध्ये एडिबिको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने बताउनुभयो । उहाँले उक्त सडकखण्डको आँबु खैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडक चार लेनको बनाइने समेत बताउनुभयो ।

अर्थसचिव खनालले सडकको स्तरोन्नती गरिएपछि पूवार्धारको विकास मात्र नभएर सुरक्षित यात्रा र पर्यटन विकासमा सहयोग पुर्याउने विश्वास गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *