Saturday, January 18, 2025
Home > मुख्य समाचार > एक नम्बर प्रदेश सरकारले सुरक्षित विद्यालय अभियान सञ्चालन गर्ने

एक नम्बर प्रदेश सरकारले सुरक्षित विद्यालय अभियान सञ्चालन गर्ने

विराटनगर, ८ चैत्र । प्रकोप जोखिम न्युनिकरण तथा सुरक्षित सिकाईका लागि प्रदेश एक अन्तर्गतका सामुुदायिक विद्यालयमा सुरक्षित विद्यालय अभियान संचालन हुने भएको छ ।

नेपाल सरकारले विद्यालयमा आईपर्न सक्ने मानविय तथा प्राकृतिक प्रकोपको व्यवस्थापनका लागि सुरक्षित विद्यालय अभियान संचालन गर्न लागेको हो । शिक्षा विकास निर्देशनालय प्रदेश एक धनकुटाले आज विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा विद्यालय सुरक्षित वनाउन तथा सुरक्षित सिकाईका साथै वालवालिकाको सुुुरक्षाका लागि सामुदायिक विद्यालयमा यो अभियान संचालनगर्न लागिएको जानकारी गराइएको हो । कार्यक्रमको उद्घाटन गदै प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले विगतमा पर्याप्त भौतिक संरचनाबिना विद्यालय संचालनगर्ने प्रवृति रहेकाले कतिपय विद्यालय भौतिक रुपमा असुरक्षित रहेको बताउनुभयो । उहांले मानविय र प्राकृतिक प्रकोप व्यवस्थापनकालागी विद्यार्थीलाई नै दक्षताको तालिम दिन उपयुक्त हुने उल्लेख गर्नुभयो । उद्धारकालागी नेपाली सेना र नेपाल प्रहरी हरेक ठाउमा पुग्न नसक्ने भएकाले प्राकृतिक विपत्तिको सामनागर्न विद्यालयका विद्यार्थीलाई दक्ष वनाएर परिचालन गर्नुपर्ने उहाको भनाई थियो ।

शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक लक्ष्मीप्रसाद भट्राईले नेपालका ७५ प्रतिशत विद्यालयका संरचना जोखिमयुुक्त भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको वताउनुभयो । कार्यक्रममा सुरक्षित विद्यालय अभियानलाई प्रभावकारी बनाउन सहभागीहरुबाट सुझाव संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *