Saturday, January 18, 2025
Home > खेलकुद समाचार > एएफसीद्धारा एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना

एएफसीद्धारा एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना

एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फामाथि आर्थिक जरिवाना तिराउने निर्णय गरेको हो । मलेसियाको क्वालालाम्पुरस्थित एएफसीको केन्द्रिय कार्यालयमा बसेको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई १० हजारको आर्थिक जरिवाना गर्ने निर्णय गरेको एएफसीले जनाएको छ । एएफसीका अनुसार क्लब लाइसेन्सिङ नियमावली अनुसार एन्फाले गलत तरिकाले क्लबलाई लाइसेन्स दिएको भेटिएको हो । फिफाले एएफसीले सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाइसेन्सिङ प्रणाली लागू गर्न भनेको थियो ।सोही अनुसार एन्फाले ए डिभिजन लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो । सोही अनुसार एएफसीले नेपालका ९ क्लबलाई क्लब लाइसेन्स प्रदान गरेको थियो । एन्फाले क्लब लाईसेन्सका लागि नेपालबाट मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, च्यासल युथ क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, मछिन्द्र क्लबको नाम सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *