ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने विश्वास व्यक्त गर्नु भएको छ ।
मन्त्री पुनले सोमबार काठमाडौंमा चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्फा नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलसँगको भेटमा चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने बताउनु भएको हो । उहाँले चीनको युनान प्रान्तले नेपालको जलविद्युत आयोजनाहरुमा गरेको लगानीको दायरा पनि फराकिलो हुँदै जाने नेपाल सरकारको अपेक्षा रहेको पनि बताउनु भयो । मन्त्री पुनले युनान प्रान्तका गभर्नर चेङफालाई नेपालको पर्यटन, कृषि, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्य गरेर अघि बढन आग्रह गर्नु भयो । उता, युनान प्रान्तका गभर्नर चेङफाले पनि नेपालको पर्यटन, कृषि, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्यका साथ काम गर्ने इच्छा व्यक्त गर्नु भएको थियो ।