Saturday, January 18, 2025
Home > मुख्य समाचार > उपनिर्वानका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिँदै

उपनिर्वानका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिँदै

निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि आज उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्दैछ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज बिहान ११ देखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । यसअघि हिजो आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवारहरुको अन्तिम नामावली हिजो प्रकाशित गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत कार्तिक २१ गते ६५ जनाले उम्मेदवारी दिएका छन । प्रवक्ता श्रेष्ठले स्थानीय तहको निर्वाचनका लागि भने आगामी कार्तिक २७ गते बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन हुने जानकारी दिनुभयो । आगामी मंसीर १४ गते प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३ तथा स्थानीय तहहरु समेत गरेर ३७ जिल्लाको ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो उपनिर्वाचनमा आ–आफ्नो मतदाता परिचय पत्र लिएर भाग लिन पनि मतदाताहरुलाई आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *