Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > उपनिर्वाचनको उम्मेद्वारका विषयमा नेकपामा छलफल सुरु

उपनिर्वाचनको उम्मेद्वारका विषयमा नेकपामा छलफल सुरु

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको उम्मेदवार चयनका विषयमा प्रारम्भिक छलफल सुरु गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा प्रारम्भिक छलफल गरेको हो । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि बस्ने बैठकबाट प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कतिपय मेयरको उम्मेदवारको पनि टुंगो लगाउने जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै बाहिर आएको जस्तो गम्भिर नरहेको बताउनु भएको थियो ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र काम पनि सुरु गर्नु भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *