Saturday, January 18, 2025
Home > मुख्य समाचार > उपनिर्वाचनको उम्मेदवारी मनोनयन भोली हुने

उपनिर्वाचनको उम्मेदवारी मनोनयन भोली हुने

आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन भोलीहुने भएको छ ।

निर्वाचन आयोगले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन काम यही कार्तिक २१ गते बिहीबार हुने जानकारी गराएको हो । कार्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । ती उम्मेदवारहरुको अन्तिम नामावली भने कार्तिक २४ गते प्रकाशन हुनेछ । सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१ लगायत ३७ जिल्लाका ५२ स्थानहरुमा मतदान हुँदैछ । आयोगका प्रवक्ता श्रेष्ठले स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कार्तिक २७ गते हुने पनि बताउनु भयो ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि २ सय ४७ वटा मतदान स्थल र ५ सय ३७ वटा मतदान केन्द्र पनि तोकेको छ । आयोगका प्रवक्ता श्रेष्ठले मतदानमा भाग लिनका लागि मतदाता परिचय पत्र लिएर आउन पनि आम मतदातालाई आह्वान गर्नु भयो । ४ लाख ५४ हजार ११४ जना मतदाताले सो उपनिर्वाचनमा भाग लिनेछन । निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि आगामी मंसीर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम पनि संचालन गर्ने कार्ययोजना तय गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *