Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > उपचारमा सहुलियतको व्यवस्था गर्न थालेसिमिया रोगबाट पीडितहरुको आग्रह

उपचारमा सहुलियतको व्यवस्था गर्न थालेसिमिया रोगबाट पीडितहरुको आग्रह

थालेसिमिया रोगका पीडितहरुले यस रोगको उपचारमा सहुलियतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन ।

थैलेसिमिया रोगका पीडितहरुले यस रोगको उपचार सबै अस्पतालमा हुने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । नेपालमा यो रोगको उपचार सुलभ रुपमा नहुने र सबै अस्पतालमा यो सेवा उपलब्ध नभएपछि पीडितहरुले यस रोगको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन ।

‘सांग्रीला का युवा’ नामक संस्थाले हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी यस रोगका पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बजारमा दसैं, तिहार, छठलगायतका पर्वका कारण रगतको अभाव भएपछि सो संस्थाले यस रोगको पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम समेत आयोजना गरिएको संस्थाका अध्यक्ष सुनिल सिमरियाले जानकारी दिनु भयो । नेपालमा हाल २ सय ५० देखि ३ सयसम्म थालेसिमियाका विरामी रहेको अनुमान गरिएको छ । त्यसमध्ये हाल एक सय ८५ जनाले बिभिन्न अस्पतालमा उपचार गराइरहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । चिकित्सकहरुका अनुसार रगतमा हेमोग्लोबिनको कमी भएपछि यो रोग लाग्ने गर्दछ । यो रोग लागेका मानिसमा जीवनभर रगत चढाउनुपर्ने भएकाले यसको उपचार पद्धति महंगो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *