Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको आरोप

उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको आरोप

काठमाडौं, १ माघ । विवेकशील साझा पार्टीले उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ ।

पार्टी फुटेपछि बसेको पार्टीको केन्द्रिय कार्य समिति बैठकले उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले १५ महिनासँगै काम गरेर साथीहरुले थाहै नदिई छापामारा शैलीमा पार्टी फुटाएको निष्कर्ष पार्टी केन्द्रिय कार्य समितिले निकालेको जानकारी दिनुभयो । पार्टी केन्द्रिय कार्य समितिको बैठकका निर्णय सार्वजनिक गर्न आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले पार्टी भित्रका कमी कमजोर सुधार गरेर अघि बढने सम्भावना हुँदाहुँदै हतारमा पार्टीबाट अलग भएर उज्जल थापा समूहले गम्भिर गल्ती गरेको दावी पनि गर्नुभयो ।

निर्वाचनमा सँगै होमिएका पार्टी भित्रका साथीहरुलाई भावनात्मक रुपमा एकतावद्ध गर्न नसक्नुलाई कमजोरीको रुपमा पनि बैठकले औंल्याएको छ । पार्टी फुटनु दुःखद भएको भए पनि आफूहरु हतास नभएको पनि प्रवक्ता आचार्यले बताउनुभयो । उहाँले मुलुकलाई वैकल्पिक शक्ति चाहिएको र सो आवश्यक्ता पूरा गर्न आफ्नो पार्टी सक्षम हुने दाबी पनि गर्नुभयो । पार्टी एकलौटी ढंगले अघि बढाएको आरोप लगाउँदै थापा समूह सो पार्टीबाट अलग भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *