Saturday, January 18, 2025
Home > आर्थिक समाचार > ईंटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न उद्योगीहरुको माग

ईंटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न उद्योगीहरुको माग

उद्योगी व्यवसायीहरुले ईंटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न माग गरेका छन ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले जथाभावी रुपमा ईंटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्न माग गर्नु भएको हो । वातावरणीय प्रदुषण भएको उल्लेख गर्दै विभिन्न नगरपालिकाहरुले स्थानीय ईंटा भट्टा हटाउने कामलाई अघि बढाईरहेका बेला उहाँले सरकारले संचालन गर्न अनुमति दिएका ईंटा उद्योग स्थानीय तहलाई भत्काउन दिन नहुने पनि स्पष्ट पार्नु भयो । पाँचौं उद्योग दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रधानले ईंटा भट्टा हटाउने स्थानीय तहलाई कार्वाही नगरे व्यवसायीलाई तत्काल त्यसको क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले भने सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सरकारलाई आरोप लगाएर व्यवसायीहरुले उन्मुक्ति नपाउनेमा आफू सचेत रहेको पनि उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *