Saturday, January 18, 2025
Home > मुख्य समाचार > इलाममा निर्माणाधीन विमानस्थल आगामी दशैंदेखि सञ्चालनमा आउने तयारीसहित काम जारी

इलाममा निर्माणाधीन विमानस्थल आगामी दशैंदेखि सञ्चालनमा आउने तयारीसहित काम जारी

इलाममा निर्माणाधीन विमानस्थल आगामी दशैंदेखि सञ्चालनमा आउने तयारीसहित काम भइरहेको छ । यससँगै जिल्लाबासीको जहाजमा चढेर इलामबाट काठमाडांै पुग्ने सपना पूरा हुने देखिएको छ ।

गत वर्ष प्राविधिक परीक्षण उडान गरिएपछि चर्चा सेलाएको सुकिलुम्बा विमानस्थलको स्तरोन्नति गरी धावनमार्गमा सम्याउने काम सुरु भएको छ । पटक–पटक गरी हालसम्म करिब २८ करोड रुपैयाँ खर्च भएको विमानस्थलमा थप पूर्वाधार निर्माण सुरु भएको हो । साढे नौ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको विमानस्थलको धावन मार्गमा कालोपत्र आगामी असोजसम्ममा सम्पन्न गर्ने र पुन परिक्षण उडान गरिने फाल्गुनन्द सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले जानकारी दिनुभयो ।

इलाम नगरपालिका ९ गोलाखर्कमा २०६८ देखि निर्माण सुरु भएको सुकिलुम्बा विमानस्थलको यस वर्ष धावन मार्ग, ट्याक्सी वे, आसपाल कंक्रिट, मेशीनरी, ग्यावियन कटिङ, फिलिडंको काम धमाधम भइरहेको छ । यससँगै नेपालका बिमानस्थलबाट बिमान चढ्नसँगै पाइलट उत्पादन गर्नसमेत बिमानस्थललाई प्रयोग गर्न सकिने संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले वताउनुभयो ।  पक्की ६७० मिटर लम्बाई र २० मिटर चौडाइ भएको रन–वे निर्माण हुने भएको हो । निर्माण कम्पनी आशिष, आशीर्वाद स्वामीनारायण जे भीले ठेक्का सम्झौता अवधि अगावै निर्माण सकिने जनाएको छ । विमानस्थलमा टावर, टर्मिनल लगायतका संरचनामा थप बजेटको आवश्यकता रहेको छ । समयमा काम सम्पन्न भए इलाम मात्र हैन पहाडी जिल्ला पाँचथरसहित भारतका दार्जिलिङ, सिक्किम, मानेभन्ज्याङलगायतका बासिन्दालाई काठमाडौं आवतजावतमा सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *