इनरुवा–३ का कारी यादवको हत्यामा छिमेकी श्रीमान र श्रीमतीको संलग्नता खुलेको छ ।
इनरुवा ३ सोमबारेका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता पण्डितको प्रत्यक्ष संलग्नता खुलेको हो । प्रहरीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न दुवैलाई सार्वजनिकसमेत गरेको छ । पक्राउ परेकाहरुसँगको बयान तथा खोज अनुसन्धानका क्रममा कारी यादवको हत्यामा अनैतिक सम्वन्ध प्रमुख कारक रहेको खुलेको हो । अनिता र कारीबीच अनैतिक सम्वन्धको कुरा प्रहरी अनुसन्धानको क्रममा समेत खुल्न आएको बताइएको छ । कल डिटेल र वस्तुस्थिति अध्ययनका क्रममा अशोक र अनितालाई पक्राउ गरि प्रहरीले म्याद थप समेत गरेको छ । प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले पत्रकार सम्मेलन गरि घटना विवरण सार्वजनिक गर्नुभएको हो । पत्रकार सम्मेलनकाबिच अशोक र अनिताले हत्या गरेको समेत स्वीकारेका छन् ।