Saturday, January 18, 2025
Home > मुख्य समाचार > इटहरीमा सञ्चालनमा रहेका निजी संस्थागत विद्यालयहरुको शुल्क निर्धारण

इटहरीमा सञ्चालनमा रहेका निजी संस्थागत विद्यालयहरुको शुल्क निर्धारण

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी संस्थागत विद्यालयहरुको शुल्क उपमहानगरपालिकाले तय गरेको छ ।

उपमहानगरपालिकाले बालकक्षाको अधिकतम १६ सयदेखि कक्षा १०को ३३ सय ५० रुपौया शुल्क तय गरेको हो । उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरि नगर क्षेत्रमा सञ्चालनमा रहेका क वर्गका विद्यालयलाई कक्षा नर्सरीको १८सय भन्दा वढी र कक्षा १० को ३३सय ५०, ख बर्गमा रहेका विद्यालयलाई नर्सरीको १५सय ५० देखि कक्षा १० को २८सय ५० र ग वर्गमा रहेका विद्यालयहरुलाई नर्सरीको १२ सय देखि कक्षा १०को २२ सय ५० रुपैया अधिकतम शुल्क तोकेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । शुल्क तय गरिएका विद्यालयहरुले शुल्क तय भएको कक्षा भन्दा माथिल्लो कक्षामा थप ८ प्रतिशत भन्दा वढी लिन नपाउने व्यवस्था गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

उहाँले इटहरीमा १२ वटा क वर्गका ५० वटा ख वर्गका र २४ वटा ग वर्गका विद्यालय रहेको समेत वताउनुभयो । उपमहानगरपालिकाले तोकेको शुल्क पालना नगर्ने विद्यालयहरुलाई कारवाही गरिने समेत पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *