Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > आस्थाको महापर्व छठ सुरु

आस्थाको महापर्व छठ सुरु

आस्थाको महापर्व छठ सुरु भएको छ । छठअन्तर्गत आज पहिलो दिन ‘नहाय(खाय’ विधि गरिन्छ ।

आजको दिनलाई ‘अरबा(अरबाइन’ पनि भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो । देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *