Saturday, January 18, 2025
Home > मुख्य समाचार > आवश्यकताअनुसार विश्वविद्यालय खोल्न दिईनुपर्छ : देउवा

आवश्यकताअनुसार विश्वविद्यालय खोल्न दिईनुपर्छ : देउवा

काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आवश्यकताअनुसार विश्वविद्यालय खोल्न दिईनुपर्ने बताएको छ ।

सरकारले नयाँ विश्वविद्यालय संचालनका लागि अनुमति दिन रोक लगाईरहेका बेला कांग्रेसले मुलुकमा जतिसक्दो धेरै विश्वविद्यालय खोलिनुपर्ने धारणा अघि सारेको हो । विकास र सम्मृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै कांग्रेसले विकास र सम्मृद्धिको नारा लगाएको सरकारले नयाँ विश्वविद्यालय संञ्चालनका लागि रोक लगाउन नमिल्ने तर्क गरेको छ । शंकरदेव क्याम्पस नेविसंघ इकाईले आज काठमाडौमा गरेको संघियतामा शिक्षा विषयक अन्तरक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै विश्वविद्यालयहरु खोल्न दिइनुपर्ने धारणा राख्नुभएको हो । सभापति देउवाले धेरै विश्वविद्यालय संञ्चालनमा ल्याउनका लागि उपयुक्त र प्रभावकारी व्यवस्थापनको आवश्कता पनि औल्याउनुभयो ।

कार्यक्रममा कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले नयां विश्वविद्यालय स्थापनाका लागि सरकारले यस सम्बन्धी कानुनी प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राख्नुभयो । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कतिपय क्याम्पसहरु स्वयम् विश्वविद्यालय हुन सक्ने क्षमता राख्ने भन्दै उहाँले दर्जन बढीलाई सम्बन्धन दिन सक्ने गरि त्रिविको क्षमता विस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।

धेरै विश्वविद्यालय खोल्दा गुणस्तरीयता कायम हुन सक्दैन भनेर नयाँ विश्वविद्यालयको अनुमति दिने सवालमा अनुदार हुनुभन्दा सम्बन्धित र नियामक निकायबाट अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *