काठमाडौं । सरकारको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४/०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४÷०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ ।