Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी हटाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी हटाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिवी र बेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले मुलुकमा विद्यमान गरिवी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई पनि आग्रह गर्नु भयो । आजदेखि काठमााडैंमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै उहाँले गरिवी र बेरोजगारीको सामना प्रतिपक्ष÷सत्तापक्ष दुवैले गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष काँग्रेस पनि तयार हुनुपर्ने स्पष्ट पार्नु भयो ।  प्रधानमन्त्री ओलीले शिक्षालाई जीवन उपयोगी बनाएर मुलुकमा गरिवी अन्त्य गर्ने र रोजगारीको अवसृर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । त्यसका लागि सरकारले आवश्यक जनशक्ति निर्माण हुने गरी शिक्षण संस्थाहरुको स्थापना गर्ने पनि प्रधानमन्त्री ओलीको योजना छ । उहाँले मुलुकमा रोजगारीको अवसर सृजना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकभित्रै रोजगारीको अवसर अधिकतम सृजना गर्न र बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यका साथ सो सम्मेलन आयोजना गरिएको स्पष्ट पार्नु भयो । २ दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरुले रोजगारीको अवसर सृजना हुने खालका विभिन्न क्षेत्रका पहिचानसहितको कार्यपत्र प्रस्तुत गर्ने पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *