Saturday, January 18, 2025
Home > मुख्य समाचार > आफै गाडी चलाएर अस्पताल पुगेका डा. विमल अग्रवालको अवस्था चिन्ताजनक

आफै गाडी चलाएर अस्पताल पुगेका डा. विमल अग्रवालको अवस्था चिन्ताजनक

कोशी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर बिमल अग्रवाललाई मस्तिष्क घात भएको छ ।

हिजो अचानक छाती दुखेर नोवेल शिक्षण अस्पताल पुग्नु भएका डाक्टर अग्रवाललाई उपचारका क्रममा मस्तिष्क घात भएको हो । डा.अग्रवालको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचारका क्रममा इसिजी गर्दा केही असहज देखिएपछि डा. अग्रवालको एन्जिओप्लास्टिक र इको गरिएको थियो । चिकित्सकका अनुसार एन्जियोप्लाष्टिक गर्दा मुटुको एउटा धमनी अवरुद्ध देखिएको थियो । उहाँलाई मस्तिक्क घातको आशंकामा सिटी स्क्यान गर्दा नर्मल देखिए पनि पछि एमआरआई गरेपछि उहाँको मस्तिस्क घात भएको पत्ता लागेको थियो । छाती भारी भएपछि आफै गाडी चलाएर श्रीमतीसहित अस्पताल पुग्नुभएका डा. अग्रवालको उपचारको क्रममै मस्तिक्क घात भएको चिकित्सकहरुले बताएका छन् । उपचारको क्रममा विरलै मात्र मस्तिस्कघात हुने चिकित्सकहरु बताउँछन् । डा. अग्रवालको विराटनगरका दर्जनौ विशेषज्ञ डाक्टरको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बेलैमा रोगको पहिचान गरेर डाक्टरले उपचार नगर्दा अग्रवालको अवस्था गम्भीर भएको विरामीका आफन्तहरुको भनाइ छ । आफन्तहरुले चिकित्सकहरुले उपचारमा लापरवाही भएको आरोप लगाएका छन् । उता, नोवेल अस्पतालका चिकित्सकहरुले अग्रवालको उपचारमा लापरवाही नभएको दाबी गरेका छन् । उपचार सुरु गर्दागर्दै मस्तिस्कघात भएकोले अवस्था जटिल भएको चिकित्सकहरु बताउँछन् ।

आफन्तले राति नै हेलिकप्टरमा काठमाडौ लाने तयारी गरेका थिए । तर, राति हेलिकोप्टर उड्न नसक्ने भएपछि त्यो पनि सम्भव भएको थिएन । हिजोको भन्दा आज अवस्था झनै जटिल बनेपछि विराटनरबाट बाहिर लाने अवस्था पनि नभएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । विराटनगरमा एयर एम्बुलेन्सको उडान अनुमति नभएका कारण पनि डा. अग्रवाललाई भारतका ठूला अस्पतालमा लान नसकिएको परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *