Saturday, January 18, 2025
Home > मुख्य समाचार > आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । गणतान्त्रिक नेपालको संविधान जारी भएको चार वर्ष पूरा भएको छ ।

७ दशकभन्दा लामो प्रतीक्षापछि संविधानसभामार्फत लेखिएको संविधान २०७२ साल असोज ३ गते अर्थात् आजकै दिन जारी भएको थियो । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले काठमाडौंमा विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने मूल समारोह समितिले जनाएको छ । त्यस्तै, सरकारी तथा निजी क्षेत्रहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेका छन् । प्रदेश नं. १ को सरकारले पनि संविधान दिवसको अवसरमा आज बिभिन्न कार्यक्रम गर्दैछ । आज सरकारले सार्वजनिक विदा दिएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा सन्देश दिंदै उहाँले स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *