Saturday, January 18, 2025
Home > मुख्य समाचार > आज महाशिवरात्री, हिन्दु धर्मालम्बीहरु धुमधामका साथ मनाउँदै

आज महाशिवरात्री, हिन्दु धर्मालम्बीहरु धुमधामका साथ मनाउँदै

काठमाडौं, २० फागुन । आज महाशिवरात्री । हिन्दु धर्मालम्बीहरु धुमधाम र श्रद्धापुर्वक मनाइरहेका छन् । आज विभिन्न स्थानमा रहेका शिव मठमन्दिरहरुमा भक्तजनहरुको भिड लागिरहेको छ ।

हिन्दु धर्माबलम्बीहरुले प्रत्येक बर्ष फाल्गुन कृष्णपक्षको चर्तुदशी तिथिका दिन महाशिवरात्री पर्व मनाउने गर्दछन् । सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको विश्वास गरिन्छ । अन्धकारको नाश गरी स्वर्ग मोक्षको कामना गर्दै शिवरात्री मनाउने चलन छ । यस अवसरमा काठमाडौंको पशुपतिनाथ, धरानको पिण्डेश्वरी, खोटाङको हलेसी माहादेव, झापाको अर्जुनधारा तथा विराटनगरको बासुकीनाथ धाम, विराटेश्वर मन्दिर र बनसखण्डी लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुंइचो लागेको छ । विराटनगरसंग सीमा जोडिएको भारत विहारको सुन्दरी मठ, विराटनगरकै मण्ठा पोखरीमा आज भव्य मेला लाग्ने गर्दछ । शिवरात्रीको दिन आराध्यदेव भगवान शिवको प्राकट्य दिवस र शिव पार्वतीको विवाह महोत्सव पनि मनाउने गरिन्छ । यस दिन दिनभरि ब्रत बस्ने र रातभरि जाग्राम बसि भजन किर्तन गर्ने परम्परा रहिआएको छ । व्रतोत्सवहरु मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा, अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दुध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास बसी ऊ नमः शिवायू मंत्र जप्ने गरेमा सद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । शिवका शक्तिपीठहरुमा नेपाली तथा भारतीय साधु सन्तहरुको ठुलो मात्रामा उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *