Saturday, January 18, 2025
Home > मुख्य समाचार > आज भाइटीका

आज भाइटीका

यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन आज भाइटीका । दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ । यम द्वितीया समेत भनिने भाइटिकामा यमराज, यमुना, ग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा छ । भाइटीकाको अवसरमा दिदीबहिनीले दाजुभाइलाई कहिल्यै नसुक्ने मखमली फूलको माला र सप्तरङ्गी टीका लगाई दीर्घायूको कामना गर्दछन् । यस्तै एकआपसमा उपहार आदन–प्रदान समेत गर्ने चलन रहेको छ । दिदीबहिनीले लगाइदिने रंगमा सेतो शान्ति, रातो मङ्गल, हरियो सद्बुद्धि, पहेलो दीर्घजीवी र निलो निरोगीताको प्रतीक मानिन्छ । टिका लगाएपछि गाउँघर तिर आज रातिसम्म देउसी खेल्ने परम्परमा समेत छ । यसैबीच आज भाइटीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *