Saturday, January 18, 2025
Home > मुख्य समाचार > आज काग तिहार

आज काग तिहार

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज सूचनाको संवाहक कागको पूजा गरिदैंछ ।

कार्तिक कृष्ण त्रयोदेशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन तिहार मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको पहिलो दिन यमराजको दूत मानिने काग मार्फत यमुनाले यमराज समक्ष भाइटीकाको निम्तो पठाएको धार्मिक विश्वास छ । कागलाई दैत्यराज यमराजको दूतको रुपमा पूजा गरी विभिन्न खानेकुरा खान दिने गरिन्छ । शुभ–अशुभ दुबै सन्देश बाहकको रुपमा कागलाई लिने गरिन्छ । कागको पूजा नगरी खाना खाएमा पापको भागीदार भइन्छ भन्ने धार्मिक विश्वास छ । आजैका दिन धनवन्तरी जयन्ती पनि परेको छ । समुन्द्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धनवन्तरीको सम्झनामा आज धवन्तरी जयन्ती मनार्इंंदैछ । धवन्तरी जयन्तीका दिन धातुका सामान किने शुभ हुने जनविश्वास समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *