Saturday, January 18, 2025
Home > मुख्य समाचार > आजदेखि सिंघीयाखोला सफाई अभियान शुुरु

आजदेखि सिंघीयाखोला सफाई अभियान शुुरु

खोलाको सरंक्षणगर्ने उद्धेश्यले आजदेखि सिंघीयाखोला सफाई अभियान शुुरु भएको छ ।

प्रदेश नम्बर एकको समाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका,कटहरी तथा जहदा र वुुढिगंगा गाँउपालिकाको सहकार्यमा विराटनगर स्थित सिंघियाखोलामा सफाई अभियान शुुरु भएको हो । विराटनगर–१ स्थित घिनाहाघाटवाट सामाजिक विकासमन्त्री जिवन घिमिरे तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुलीले खोलाको सरसफाई गर्दै अभियानको शुुभारम्भ गर्नुुभयो । पहिलो चरणमा घिनाहाघाटदेखि जहदा गाँउपालिकाको भातीगछको पुुलसम्मको १० किलोमिटर क्षेत्रमा खोला सफाई हुुने छ । १५,१५ दिनमा यो अभियान संचालन हुुने र खोला पुुर्णरुपमा सफा नभएसम्म अभियान निरन्तर संचालन हुुने मंत्रालयले जनाएको छ । अभियानको शुुभारम्भ गर्दै मंत्री घिमिरेले सिंघिया खोलाबाट सरसफाई संगै खोलाको सिमाकंन र नाँपजाच समेत शुुरुहुुने र यो अभियान प्रदेश नम्बर १ का शहरसंग जोडिएका सवै खोलामा संचालन हुुने वताउनुुभयो । विराटनगर महानगरपालिकाका मेयर पराजुलीले सरसफाई अभियानसंगै तटियक्षेत्रमा वसोवासगर्ने सुुकुुम्वासी परिवारलाई महानगरपालिकाले सुुरक्षित स्थानमा घर वनाउने व्यवस्था मिलाएको वताउनुुभयो । सफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधी, सरकारी कर्मचारी युुवा, विद्यार्थी, महिला लगायत सर्वधारणको ठूलो सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *