Saturday, January 18, 2025
Home > मुख्य समाचार > आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु

आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु

काठमाडौं । सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ ।

राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचिले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उहाँको भ्रमणको तयारी सुरु गरेको हो । आज राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सूचिले नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि नेपाल आउने चाहना राष्ट्रपति समक्ष व्यक्त गरेकाले सरकारले सो भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाईसकेको जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले उहाँको भ्रमणको मिति भने खुलाउनु भएन । मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले नेपालले कसैको दवावमा परेर कुनै पनि सन्धि÷सम्झौंता नगर्ने पनि पटक–पटक दोहोर्याउनुभयो । मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको पनि बताउनु भयो । राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई मुलुकबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान सम्बन्धि महत्वपूर्ण सम्झौंता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *