Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > आगामी चुनावमा पार्टीले बिजय प्राप्त गर्ने गरि नीति तर्जुमा गर्न देउवाको निर्देशन

आगामी चुनावमा पार्टीले बिजय प्राप्त गर्ने गरि नीति तर्जुमा गर्न देउवाको निर्देशन

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा पार्टीले बिजय प्राप्त गर्ने गरि नीति तर्जुमा गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ ।

विहिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चुनाव जित्ने गरि नीति बनाउन निर्देशन दिनुभएको हो । पार्टीले अबलम्बन गर्ने नीति नै उसको जीतको आधार हुने भन्दै उहाँले नीतिगत व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी भित्र आन्तरिक अनुसासन पनि हराउदै गएको भन्दै पार्टी अनुशासनका सम्बन्धमा कार्यकर्ता माझ प्रशिक्षण संचालन गर्न पनि निर्देशन दिनुभयो । सभापति देउवालले पार्टीभित्र आन्तरिक लोकतन्त्र हराएको पनि स्वीकार गर्नुभयो । आन्तरिक चुनावमा पराजित भएकाले विजयी उम्मेदवारलाई सहयोग गर्नुको सट्टा बोलचालै बन्द गर्ने संस्कृति हावी हुदै जादा सिंगो पार्टी पक्तिनै कमजोर हुने भन्दै उहाँले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति बिमलेन्द्र नीधिले प्रतिष्ठानले नीति निर्माण, खोज अनुसन्धान र कार्यकर्ता प्रशिक्षणमा पार्टीलाई सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति नीधिले सदस्यहरुलाई सपथ गराउनुभएको थियो । पार्टीको उपसभापति प्रतिष्ठानको प्रमुख हुने व्यवस्था छ । ५१ सदस्यीय प्रतिष्ठानमा पछिल्लो पटक सपथ लिएका सदस्य समेत गरि ४८ जना सदस्य पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *