Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह

अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो । १५० औं गान्धी जयन्तिको अवसर पारेर आज काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गान्धीलाई विश्वकै दूरदर्शी महान नेताको रुपमा चित्रण गर्दै उहाँका अहिंसावादी दर्शनले नै नेपालको पनि उन्नति हुने बताउनुभयो । गान्धीले अहिंसाको बलमा तत्कालीन अंग्रेज शासकलाई भारतबाट हटाएर विश्वलाई नै नयाँ दर्शन दिएको सभापति देउवाको भनाई थियो । सभापति देउवाले गान्धीलाई विश्वकै विकेन्द्रीकरणका प्रवक्ताको रुपमा पनि स्मरण गराउनुभयो । कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीवादको प्रभाव नेपाल र विश्व राजनीतिमै परेको बताउनु भयो । उहाँले नेपालमा प्रजातन्त्रको स्थापनामा पनि गान्धीवादको ठूलो आर्शिवाद रहेको स्पष्ट पार्नुभयो ।

काँग्रेस नेता पौडेलले गान्धीवादले विश्वलाई नै शान्तिको सन्देश दिईरहेको पनि उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *