Saturday, January 18, 2025
Home > मुख्य समाचार > अस्ताउदो सूर्यलाई अर्घ दिंदै मनाईयो छठ

अस्ताउदो सूर्यलाई अर्घ दिंदै मनाईयो छठ

अस्ताउदो सूर्यलाई अर्घ दिंदै आज सांझबाट छठको मुख्य पूजा सुरु भएको छ । भोलि विहानै उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गर्दै यो पर्व समापन हुनेछ ।

सम्पूर्ण चराचर जगतका उर्जाका श्रोत तथा जिवित देउताका रुपमा मानिएका भगवान सूर्यलाई ब्रतालुहरुले शनिवार सांभm अर्घ तथा आइतबार विहानै उदाउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व औपचारीक रुपमा समापन हुनेछ । पानीको मुल श्रोत नदी, तलाउ र नहरको डिलमा गएर छठपूजा गर्ने परम्परा रहेकाले विराटनगर क्षेत्रका नदी, तलाउ र नहरका डिलहरु पूजा गरिएको छ । यस पर्वमा भगवान् सूर्यलाई प्रसादका रूपमा गहुंको पिठोबाट बनाइने ठकुवा र चामलको पिठोबाट बनाइने भुसुवा, तथा फलफुलहरु केरा, उखु, नरिवल, पान, सुपारी, हर्दी, अदुवा मिठाई लगायत नैबेद्यको रुपमा चढाइन्छ । ती समाग्रीहरु माटोको भाँडो र बाँसको टोकरी, नाङलो र कोनियामा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ । बिशेष गरि मनोकामना पूर्ण भएपछि यो पर्व सुरु गर्ने गरिन्छ ।

परिवारको कल्याण, सन्तान प्राप्तिका साथै अन्य मनोकामना पूरा हुने विश्वास व्रतालुले गरेका हुन्छन् । छठ ब्रतको सम्बन्धमा भविष्य पुराण, बैबत्र्य पुराणसहित विभिन्न धार्मिक ग्रन्थ र मैथिली साहित्यमा समेत उल्लेख गरिएको छ । षष्ठी तिथिको ब्रत गर्दा चमत्कारिक लाभ मिल्ने ग्रन्थहरुमा उल्लेख छ । सूर्यलाई अर्घ दिनुअघि षष्ठीका देवीलाई पूजा गर्ने परम्परा रहेकाले यो पर्वलाई छठ भनिएको सांस्कृतिक अभियन्ता प्रवीणनारायण चौधरीको भनाई छ ।

छठ पर्व गर्दा मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति तथा रोगहरु निको हुने विश्वासमा श्रद्धालुहरुले गरेको भाकल अनुसार यो पर्वको शुरुआत गर्ने गर्छन । भाकल पूरा भएका श्रद्धालुहरुले आफ्नो भाकल अनुसार जमिनमा लम्पसार परेर सूर्यलाई दण्डवत गर्ने गर्दछन । घरदेखि छठको घाटसम्म यो क्रम जारी रहन्छ । केहि श्रद्धालुहरुले भने आफ्नो क्षमता हुंदा–हुंदै मागेरै छठ मनाउने भाकल समेत गरेका हुन्छन् । तिनिहरुले भाकल गर्दाको समयमा कतिवटा घरमा मांगेर छठ पूजा गर्ने भन्ने भाकल अनुसार छरछिमेक र गांउघरमा मागेरै हिंडेका हुन्छन् । छठ माता र सूर्यदेवलाई प्रशन्न तुल्याउन छठका घाटहरुमा मैथिल र भोजपुरी समुदायका महिलाहरुले पारम्परिक र मौलिक गीतहरु गाउने परम्परा समेत रहेकोछ । यो पर्वको नियम निष्ठा अत्यन्त कडा रहेकोले पवित्रतालाई बिशेष ध्यान दिइएको हुन्छ । पुजाका सामग्रीहरु कुनै कारणले अपवित्र हुन गए त्यसको प्रतिकुल असर तत्काल देखिने जनविश्वास समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *