विराटनगर । अवैध यौन क्रियाकलापमा संलग्न भएको आशंकामा प्रहरीले विराटनगरबाट ४ दर्जन बढीलाई नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीले आज दिउसो नगरक्षेत्रका विभिन्न होटल तथा लजहरुमा छापा मारेर सो संख्याका युवायुवती तथा महिला पुरुषहरुलाई नियन्त्रणमा लिएको हो । नगरक्षेत्रका होटल तथा लजहरुमा यौन क्रियाकलाप हुनेगरेको सूचनाको आधारमा छापा मारेको प्रहरीले २५ बढी महिला सोहि संख्याको हाराहारीमा पुरुषहरुलाई नियन्त्रणमा लिएको हो । नगरक्षेत्रमा रहेका विभिन्न अस्पतालका आसपासमा रहेका होटल तथा लजहरुमा छापा मारेर शंकास्पद अवस्थामा भेटिएकाहरुलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो । उहांले अहिले नियन्त्रणमा लिइएकाहरुसंग सोधपुछ तथा अनुसन्धाको क्रम जारी रहेका कारण तत्कालै यकिन संख्या भन्न नसकिने बताउनुभयो ।