Saturday, January 18, 2025
Home > मुख्य समाचार > अवरुद्ध देशभरका विद्युत सेवा भोलिसम्ममा सुचारु गराउने सरकारको प्रतिबद्धता

अवरुद्ध देशभरका विद्युत सेवा भोलिसम्ममा सुचारु गराउने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा भोलिसम्म सुचारु गराउने प्रतिबद्धता जनाएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा भोलिसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिनुभएको हो । उहाँले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको छ । मन्त्री पुनले ती सबै समस्या भोलीसम्ममा समाधान हुनेगरी काम भइरहेको बताउनुभयो ।
मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । नदी नियन्त्रण आपत्तकालिन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाइ अवरुद्ध देशभरका विद्युत सेवा भोलिसम्म सुचारु गराउने प्रतिबद्धताथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *