Saturday, January 18, 2025
Home > मुख्य समाचार > अलैंची सुकाउन आधुनिक भट्टी भएपनि किसानहरुमा अझैपनि परम्परागत भट्टीकै मोह

अलैंची सुकाउन आधुनिक भट्टी भएपनि किसानहरुमा अझैपनि परम्परागत भट्टीकै मोह

इलामका किसानहरुले अझैपनि परम्परागत भट्टीमा नै अलैँची सुकाउने गरेका छन् । आधुनिक भट्टी भएपनि किसानहरुमा अझैपनि परम्परागत भट्टीकै मोह देख्न सकिन्छ ।

इलाम लगायत पूर्वी पहाडका किसानहरुलाई अझैपनि अलैँची सुकाउन परम्परागत भट्टीकै प्रयोग गर्नुपर्ने बाध्यता छ । बढी लागत पर्नाले किसानले आधुनिक भट्टी किन्न नसकेको र आधुनिक भट्टीमा भन्दा किसानको विश्वास परम्परागत भट्टीमा नै बेसी भएको हुनाले यस्तो बाध्यता आएको हो । धुवाँ लागेको अलैँची लामो समयसम्म टिक्ने भएकाले र आधुनिक भट्टीमा अलैँची सुकाउने दक्ष जनशक्ति नभएकाले पनि परम्परागत भट्टी चलाउनु परेको किसानको भनाई छ । नेपालबाट हाल भारततर्फ परम्परागत भट्टीमा सुकेको धुवाँधुलो सहितको अलैँची नै निकासी भइरहेको छ । परम्परागत भट्टीमा सुकाएको अलैँची गुणस्तर नहुने हुनाले सुधारिएको भट्टीकै प्रयोग गर्नु आवश्यक रहेको छ । सुधारीएको भट्टीमा अलैँची सुकाउदा कम समयमै सुक्ने, धुवाँ नहुने, दाउरा र समयको बचत हुन्छ । सुधारिएको भट्टीबाट सुकेको अलैची बढि मुल्यमा विक्रि हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र इलामले चालु आर्थिक वर्षको पहिलो चौमासीकमा आधुनिक अलैची भट्टीमा ३० लाख लगानी गर्ने भएको छ । यसबाट ७५ प्रतिशत अनुदानमा किसानले ३० वटा सुधारिएको भट्टी पाउने भएका छन् । सुधारिएको भट्टीमा एक पटकमा दुइ सय किलो सम्म अलैची सुकाउन मिल्छ । अलैँची सुकाउन परम्परागत पद्दति अपनाउनाले कम गुणस्तरीय अलैँची बजारमा जाने गरेको छ । अलैँची गे्रडिङ गरि बजारमा पुर्याउनु पर्ने बाध्यता छ । आधुनिक र परम्परागत भट्टीमा सुकाउँदा हुने फाइदा बारेमा किसानहरुलाई अझै जानकारी छैन । किसानलाई आधुनिक र परम्परागत भट्टीका बारेमा जानकारी गराउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *