Saturday, January 18, 2025
Home > मुख्य समाचार > अरुण नदिमा वेपत्ता भएकाहरुको खोजी कार्य आजपनि असफल

अरुण नदिमा वेपत्ता भएकाहरुको खोजी कार्य आजपनि असफल

संखुवासभा । संखुवासभाको अक्कर भिरबाट चार दिन अगाडी अरुण नदिमा खसेको जिप संगै ६ जना यात्रु अझै बेपत्ता रहेका छन ।

दुर्घटनास्थल अरुण नदीमा काठमाडौबाट आएका गोताखोरद्धारा २ दिन खोजीगर्दा पनि उनीहरु फेला नपरेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीमा हिजो र आज दुई दिन दुर्घटनास्थल आसपासमा जिप सहित यात्रु डुबेको हुन सक्ने अनुमान गरि गोताखोरद्धारा खोजि गरिए पनि नभेटिएको संखुवासभाका प्रहरी नायब उपरिक्षक मिमबहादुर लामाले बताउनु भयो । उहाँले भोलि आवश्यक उपकरण प्रयोग गरि बेपत्ताको खोजि कार्यलाई तिव्रता दिने बताउनु भयो । अरुण नदीको पानी चिसो र घटनास्थलमा पानीको बहाब धेरै र गहिरो भएका कारण खोजीकार्यमा कठिनाई भएको बताइएको छ । चार दिन अगाडीदेखि बेपत्ता यात्रुको स्थानीय, प्रहरी र गोताखोरद्धारा खोजी गर्दा पनि फेला पार्न नसके पछि बेपत्ताका आफन्तमा निराशा देखिएको छ । बेपत्ताका आफन्त घटनास्थलकै आसपास जे जस्तो अवस्थामा भए पनि भेटिने आशामा बसिरहेको खाँदवारी ९ का आफन्त ईन्द्रबहादुर श्रेष्ठले बताउनु भयो । उहाले बेपत्ताको खोजीमा थप जनशक्ति परिचालन गरि खोजतलास गरि दिन समेत आग्रह गर्नुभयो । जिप दुर्घटनामा बेपत्ता हुनेमा खाँदवारी ९ ढुङगे विसौनाका एकै परिवारका ३ जना २४ वर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ बर्षिय सदीक्षा श्रेष्ठ र छोरा २ महिनाका समिर श्रेष्ठ छन । यस्तै खाँदवारी ९ का प्रमिस थापामगर र उनका भिनाजु खोटाङका खवरमान मगर र जीपका चालक सन्तोस बि.क रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *