Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > अरुण तेस्रो आयोजनामा मुआब्जा विवाद

अरुण तेस्रो आयोजनामा मुआब्जा विवाद

अरुण तेस्रो आयोजनाले आफुहरुलाई मुअब्जा नदिएको भन्दै स्थानियले दिदिङदेखि पावरहाउस पुखुवा सडक खण्ड आजदेखि अनिश्चितकालका लागि बन्द गराएका छन् ।

संखुवासभाको छ्याङकुटीबाट पावरहाउस स्थल दिदिङसम्मको सडकको मुआव्जा नदिएको भन्दैैै स्थानियले बाटो बन्द गराएका हुन् । उनीहरुले अरुण तेस्रो आयोजनाको करिब ३० प्रतिशत काम भइसक्दा पनि छ्याङकुटीबाट पावरहाउस दिदिङको पुखुवासम्मको २४ किलोमिटर सडक खण्डमा मुआव्जा नपाएपछि स्थानीयले आजबाट अनिश्चितकालिन बन्द गर्नु परेको पिडित हर्कसिंह राईले बताउनुभयो ।
मुअब्जा लगायत समस्याका बारेमा पटक–पटक सम्बन्धित निकायमा निवेदन दिदा पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । अहिले मुअब्जा नदिएको स्थानमा सडक निर्माण भइरहेको छ । तर स्थानीयलाई सडकको जग्गाको उचित मुअब्जा दिनेबारेमा कुनै पहल नभएकाले सडक बन्द गर्नुपरेको उहाँले बताउनुभयो । अरुण तेस्रो आयोजनाको पावर हाउस सम्म जाने सडक खण्डको सडकमा पर्ने करिव २ सय परिवारको करिब ६ सय रोपनी जग्गाको मुअब्जा दिन बाँकी रहेको स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *