Saturday, January 18, 2025
Home > मुख्य समाचार > अन्तरजातिय विवाह गरेका कारण मोरङ बुढिगंगाका ऋषिदेव परिवारले पानी खान पाएनन्

अन्तरजातिय विवाह गरेका कारण मोरङ बुढिगंगाका ऋषिदेव परिवारले पानी खान पाएनन्

मोरङ । गाउँको युवकले अन्तरजातिय विवाह गरेपछि मोरङ बुढिगंगा गाउ“पालिका २ सख्मा टोलका ऋषिदेव परिवारले पानी समेत खान पाएका छैनन् । चैतमा सम्पन्न एसइई परीक्षा सकिएको अन्तिम दिन चैत १८ गते सख्मा टोलमा बस्ने सनी ऋषिदेव र सिर्जना थापामगर सम्पर्क विहिन छन् ।

ठाकुर ऋषिदेवका छोरा सनीले रामु थापाकी छोरी भगाएर लगेपछि ऋषिदव समुदाय र थापा परिवारमा दुश्मनी बढेको छ । यहि बाहानामा थापा परिवारले ऋषिदेव बस्तीमा रहेको खानेपानीको सामुहिक ट्युवेल उखेलेर फालिदिएपछि उनीहरु पिउने पानीको लागि गुहार माग्दै हिंडिरहेका छन् । थापा परिवारको निजी जमिनमा लगभग १० घर ऋषिदेव समुदायको छाप्रो छ । ऋषिदेव परिवारहरुका लागि त्यो जमिन पुख्र्यौली जस्तै हो । उनीहरुका थुप्रै पुस्ता त्यही मृत्यूवरण गरे । वडा समितिले बाटोको छेउमा गाडिएको सार्वजनिक ट्युवेलबाट उनीहरुले पानी पिउ“दै आएका थिए । थापा परिवारले ट्युवेल उखेलेर फ्याकीदिएको र नया“ ट्युवेल गाडेमा ठिक नहुने भन्दै धम्की दिएपछि एक महिनासम्म अर्काे वस्तीको ट्युवेलको साहाराम्ँ बा“चेको उनिहरुको गुनासो छ ।

ऋषिदेव परिवारमध्येकी खकरी ऋषिदेवले पानी खान पाउ“ भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । बुढीगंगा वार्ड नम्बर २ का वडा अध्यक्ष रेवती नारायण चौधरीले कुनैपनि बाहानामा पानीको मुहान बन्द गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । थापा परिवारको दबाबमा मुसहरहरु खुलेर आफ्नो समस्या समेत राख्न डराइरहेको उहांको भनाई छ । यता थापा परिवारले भने ट्युवेल आफ्नो जग्गमा भएकाले अब राख्न नदिने बताएको छ । आफ्नो जग्गामा अब नया“ व्यवसाय सुरु गर्ने तयारी गरिरहेकाले ट्युवेल हटाउन आग्रह गरेको सिर्जनाका आफन्त धिरेन्द्र थापाले बताउनुभयो । सनी र सिर्जनाले विवाह गरेको सुरुवाती दिनबाटै थापा परिवारले आफुहरुलाई छोरा खोजेर ल्याउन विभिन्न दवाव दिदैं आएको ऋषिदेव परिवारको भनाइ छ । यतिबेला सनीका बाबु ठाकुर र आमा सुगावती ऋषिदेव घरमा बस्न नसकेर विस्थापित भएका छन् । पटकपटक कुटपिट गर्ने र धाकधम्की दिने क्रम नरोकिएपछि छोरा खोज्न भनेर हिंडेका उनीहरु घर फर्किएका छैनन् । ठाकुरको घर यतिबेला खाली छ । सिर्जना थापा मगरका बाबु रामु थापाले छोरी फिर्ता ल्याइदिन आग्रह गर्दा नमानेपछि समस्या भएको बताए ।

थापा परिवारले ऋषिदेव परिवारलाई छोरी बेचिदिएको आरोप समेत लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *