काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको स्थगन आदेशले पनि विकास निर्माणको कामलाई अवरुद्ध पारिरहेको बताउनु भएको छ ।
भिजवल रोल…
प्रधानमन्त्री ओलीले अदालतमा मुद्धा परेपछि स्थगन आदेश दिँदा विकास आयोजनाको जनशक्ति र निर्माण यन्त्रहरुमा पर्न गएको लगानीले राज्यलाई गम्भिर क्षति भईरहेको पनि स्पष्ट पार्नु भयो । आज सिंहदरबारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले मुलुक नयाँ प्रणालीमा गएकाले पनि विकास निर्माणको कामले अपेक्षा गरे अनुसार गति लिन नसकेको पनि दोहोर्याउनु भयो ।
बाइट……केपी शर्मा ओली
प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले विकास, निर्माणको कामलाई तीव्रता दिन आवश्यक कानुनहरुको संशोधन गर्नुपर्ने पनि बताउनु भयो । उहाँले विकास, निर्माणको कामलाई गति दिन पूराना संरचनाहरुमा सुधार गर्न जरुरी रहेको पनि बताउनु भयो ।