Saturday, January 18, 2025
Home > मुख्य समाचार > अझै बनेन विमानस्थल, कहिले पुरा होला इलामबासीको विमान चढ्ने सपना

अझै बनेन विमानस्थल, कहिले पुरा होला इलामबासीको विमान चढ्ने सपना

इलाम । इलाममा बिमानस्थल निर्माण थालिएको दशकौँ वित्यो तर निर्माण सम्पन्न नहुँदा जिल्लावासीको जहाजमा चढ्ने सपना सपनामा नै सिमित भएको छ ।

इलाम नगरपालिका ९ सुकिलुम्बामा निर्माणाधिन फाल्गुनन्द विमानस्थल निर्माणधिन अवस्थामा छ । विमानस्थलको कामका लागी पर्याप्त वजेट नभएको कारण देखाउँदै यसको काम सम्पन्न गर्न सकिएको छैन । राजनिति गर्ने दल अनी नेताहरुले चुनाव अगाडी चाँडै काम सम्पन्न गर्ने आश्वासन देखाउने गरे पनि चुनाव सकिएपछि तिनै नेता र दलका प्रतिनिधि बोल्न नै छोड्ने गरेको भन्दै स्थानियहरुहरु दुखेसो गर्छन् । इलाम सदरमुकामवाट छ किलोमिटर दक्षिणमा रहेको सुकिलुम्बामा विमानस्थल बनाउन लामो समयसम्मको जग्गा व्यवस्थापनको प्रयास भएको थियो । जग्गा खालि गरेपछि आठ वर्ष अघि काम थालियो । चाहिए जति बजेट नआउँदा सबै काम अलपत्र परेको वताइएको छ । जिल्लाले देश हाँक्न सक्ने नेता त पायो तर विमानस्थल सम्पन्न हुन सकेन । हरेक वर्ष नेताले भने यस विमानस्थललाई चुनाबी एजेन्डा मात्र बनाउने गरेको स्थानीय प्रकास चापागाइँ वताउनु हुन्छ ।
बाइट…..प्रकाश चापागाई
स्थानीय, इलाम
नेताले राम्रो काम नगरेकै कारण यहाँको बिमानस्थल सम्पन्न हुन नसकेको स्थानिय वताउँछन् । इलामबाट प्रतिनिधित्व गर्ने नेताहरु प्रधानमन्त्रि, सभामुख तथा पार्टीका महामन्त्री बनिसकेका छन् । तर उच्च पदमा पुगे पनि उनीहरुले केहि गर्न नसकेको स्थानियको भनाई छ । चुनावमा भोट माग्नकै लागि मात्र विमानस्थल बनाउँछौ भन्ने सपना बाँड्ने गरेको जिल्लावासीको गुनासो छ । इलामबाट निर्वाचितहरु राम्रा पदमा पुगे पनि जिल्लाको विकासका लागि केही गर्न नसकेको इलामवासीको भनाई छ । विमानस्थल निर्माण भएपछि मेचीका पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, मिरिक, सिक्किम लगायतका स्थानमा समेत सहज हुने छ । बिमानस्थलको कच्ची धावनमार्ग निर्माण गरिएको छ । विमानस्थलको भल व्यवस्थापनको लागि विमानस्थलबाट माइखोला सम्म नाली निर्माणको काम पनि सम्पन्न भई सकेको छ । चालु आर्थिक वर्षमा पनि काम भइरहेको छ । विमानस्थलमा अहिलेसम्म १७ करोड भन्दा बढि खर्च भएपनि कामले गती नपाएपछि स्थानीय निराश भएका हुन् । हाल देशमा तिन तहको सरकार छ । तर यहाँको विकासका र स्थानियको पिडा सुन्ने काम कुनै पनि सरकारले नगरेको उनीहरुको गुनासो छ । योजनाबद्ध रुपमा काम अगाडी नबढाएकै कारण यस्तो समस्या भएको रतन चौधरी वताउनुहुन्छ ।

यसअघि भर्खरै पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले यसको अनुगमन गर्नु भएको छ । अनुगमनपछि उहाँले यो बिमानस्थल बन्ने भन्दै ढुक्क हुन जिल्लावासीलाई आग्रह गर्नु भएको थियो ।  चाँडो यहाँको काम सम्पन्न गर्न सके स्थानीय र बिमानस्थल आसपासका जनतालाई सुविधा पुग्ने कुरामा कुनै दुई मत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *