Saturday, January 18, 2025
Home > मुख्य समाचार > अख्तियारले मुद्दा चलाएपछि यातायात व्यवस्था विभागको कामकार्वाही ठप्प भएको खुलासा

अख्तियारले मुद्दा चलाएपछि यातायात व्यवस्था विभागको कामकार्वाही ठप्प भएको खुलासा

काठमाडौं, २७ पुष । पचास प्रतिशतभन्दा बढी कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि यातायात व्यवस्था विभागको कामकार्वाही ठप्प हुन पुगेको खुलासा भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले देशभरका यातायात व्यवस्था विभागको कार्यालयबाट अधिकृत र उपसचिवसहित ५० प्रतिशतभन्दा बढि कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुद्दा चलाएपछि कर्मचारीको अभावमा विभाग कामै गर्न नसक्ने अवस्था पुगेको जानकारी दिनु भएको हो । आज संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले कर्मचारी नै नभएपछि विभागले काम गर्न नसकेको पनि स्पष्ट पार्नु भयो । बैठकमा समितिका सदस्यहरुले विभागको काम कार्वाही प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरेका थिए । महानिर्देशक ढकालले विभाग मातहतका देशभरका कार्यालयहरुमा अधिकृत र उपसचिव जति सबै भ्रष्टाचारको मुद्दामा अख्तियारको मुद्दा खेपी रहेकाले काम गर्न अप्ठ्यारो भईरहेको स्पष्टिकरण समेत दिनु भयो ।

विभागले नेताहरुको सस्तो लोकप्रियताका कारण देशभरका यातायात कार्यालयबाट स्मार्ट लाईसेन्स वितरण गर्ने घोषणा गरेपनि त्यसका लागि आवश्यक स्रोत, साधन नहुँदा कार्यसम्पादन गर्न नसकिएको पनि स्पष्टिकरण दिएको छ । विभागका महानिर्देशक ढकालले दैनिक ७ हजार माग हुने तर चार वटा प्रिन्टरले १५ सय मात्रै स्मार्ट लाईसेन्ट प्रिन्ट गर्नु परेकाले पनि सो काममा समस्या भईरहेको पनि बताउनु भयो । महानिर्देशक ढकालले प्रदेशबाटै स्मार्ट लाईसेन्स वितरणको काम सुरु गर्दा सहज हुने भएपनि त्यसका लागि बजेटको अभाव रहेको पनि स्पष्ट पार्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *